Saturday, April 6, 2013

आलस: एक चमत्कारिक आरोग्यवर्द्धक भोजन


आलस: एक चमत्कारि आरोग्यवर्द्धक भोजन

                आलस को नाम प्राय: सबैले सुनेकै हो, तर यसको गुणहरु कति छन् भन्ने बारे धेरै कम मानिस लाई थाहा होला। यसै विषयमा निरोगधाम, वसन्त ऋतु अंक २०१०मा प्रकाशित डाँ. ओ. पी. वर्मा (लण्डन) ले लेख्नु भएको लेख लाई यहाँ प्रस्तुत गर्दैछु। आशा छ, आलस को गुणहरु थाहा पाएर, यसको उपयोग गरि फाईदा लिनु हुनेछ। यसलाई अंग्रेजीमा Linseed का साथै flaxseed पनि भनिन्छ र हिन्दीमा आलसी भनिन्छ। आलस को तेल खान लाई प्रयोग गरिन्छ र साथै अचार खान लाई पनि प्रयोग गरिन्छ।

           आलस को नियमित सेवनले उच्च रक्तचाप एवं हृदय रोग मा फाईदा हुन्छ। शरिरमा शक्ति र उत्साहको संचार हुन्छ। शरिर फुर्तीलो हुन्छ साथै आत्मविश्वास जागेर आउँछ। विश्व स्वास्थ्य संगठन (W.H.O.) ले आलस लाई सुपर स्टार फूड को दर्जा दिएको छ। आयुर्वेद मा आलस लाई दैविक भोजनभनिएको छ। आलस मा मुख्य पैष्टिक तत्व ओमेगा-३ फ्याटि एसिड, एल्फा-लिनोलेनिक एसिड, लिगनेन, प्रोटिन एवं फाइबर पाईन्छ। आलस गर्भावस्था देखि वृद्धावस्था सम्म सबैको लागि फाइदा जनक छ।

           आलस मा लगभग १८% ओमेगा-३ फ्याटि एसिड ALA हुन्छ। आलस, पृथ्वी मा ओमेगा-३ फ्याटि एसिड को सबै भन्दा ठुलो प्राकृतिक स्रोत हो । हाम्रो स्वास्थ्य मा आलस को चमत्कारी प्रभाव बारे जान्नको लागी हामीले ओमेगा-३ र ओमेगा-६ फ्याटि एसिड को बारे मा जान्न आवश्यक छ।

आलस को पोषक तत्व :-
क्यालोरी
५३४ प्रति १०० ग्राम
प्रोटीन
१८.२९%
कार्बोहाइड्रेट
२८.८८%
बोसो
( ४२.१६% ), संतृप्त बोसो ४.३%ओमेगा-३ एल्फा लिनोलेनिक एसिड १८.१% ;
ओमेगा-६ लिनोनिक एसिड ७.७%
फाइबर
२७.३%
भिटामिन
थायमिन, भिटामिन बी-५, बी-६, बी-१२ र बी-१७, फोलेट, नायसिन, राइबोफ्लेबिन र भिटामिन सी
खनिज
क्याल्शियम, ताँबा, फलाम, मैंग्नेशियम, मैंगनिज, फाँसफोरस, पोटाशियम, सेलेनियम र जिंक
एण्टी आँक्सीडेन्ट
लिगनेन, लाइकोपिन, ल्यूटिन, जियाजेन्थीन

             ओमेगा-३ र ओमेगा-६ दुबै हाम्रो शरिर को लागि आवश्यक छ र यो हाम्रो शरिर मा बन्दैन। हामी ले यस लाइ भोजन बाट नै प्राप्त गर्नु पर्दछ। ओमेगा-३ आलस को साथै माछा, ओखर, चिया आदी मा पनी पाइन्छ। माछा मा DHA EPA नामक ओमेगा-३ फ्याटी एसिड हुन्छ, यो एसिड आलस मा भएको ALA बाट शरिर मा नै बन्दछ। ओमेगा-६ ले हाम्रो शरिर को बिभिन्न अंग, विशेष गरि मस्तिष्क, स्नायुतन्त्र एवं आँखाको विकास र त्यसको नियमित संचालन मा महत्वपूर्ण योगदान दिन्छ । हाम्रो कोशिकाहरु को भित्ता ओमेगा-३ युक्त फोस्फोलिपिड ले बनेको हुन्छ। जब हाम्रो शरिर मा ओमेगा-३ को कमि हुन्छ, त्यसको स्थान मा ओमेगा-६ फ्याट वा ट्रान्स फ्याट ले कोशिकाहरु को भित्ता बन्दछ र यहीं बाट हाम्रो शरिर मा उच्च रक्तचाप, मधुमेह प्रकार-२, आर्थ्राइटिस, मोटोपना, कैंसर आदी बिमारिहरु को शुरुवात हुन्छ।
अल्फा लेनोलेनिक एसिड ( ALA ) आलस मा पाइन्छ, जुन हाम्रो शरिर मा बन्दैन र भोजन बाट नै लिनु पर्दछ। यसले हाम्रो शरिर मा निम्न कार्य हरु गर्दछ:- भ्रुण को बिकास, छाला, नङ्, एवं केश लाई स्वस्थ राख्छ, रातो रक्त कोष को कार्य प्रणाली मा सहयोग गर्दछ, मस्तिष्क एवं स्नायु तन्त्र को प्रत्येक कार्य प्रणाली मा सहयोग गर्दछ।

            ओमेगा-३ ले कोशिकाहरु को भित्ता लाइ नरम र लचिलो बनाउँछ भने ओमेगा-६ ले कठोर र कुरुप बनाउँछ। हाम्रो शरिर लाई ठीक प्रकार ले संचालन गर्न ओमेगा-३ र ओमेगा-६ दुबै बराबर १:१ मात्रा मा चाहिन्छ। ओमेगा-३ नायक हो बने ओमेगा-६ खलनायक हो। ओमेगा-६ को मात्रा धेरै भएमा शरिर मा इन्फ्लेमेशन फैलिन्छ भने ओमेगा-३ ले इन्फ्लेमेशन लाई ठिक गर्दछ। ओमेगा-६ ले ताप बढाउँछ भने ओमेगा-३ ले शितलता दिन्छ। ओमेगा-६ ले मानसिक तनाव, डिप्रेशन को शिकार बनाउँछ भने ओमेगा-३ ले मन लाई प्रसन्न राख्छ, क्रोध लाई हटाउँछ, स्मरण शक्ति एवं बुद्धिमत्ता बढांउछ। ओमेगा-६ ले आयु कम गर्दछ भने ओमेगा-३ ले आयु बढांउछ। ओमेगा-६ ले शरिर मा रोग उत्पन्न गरांउछ भने ओमेगा-३ ले रोग प्रतिरोधक क्षमता बढांउछ। बजार मा पाईने फस्ट फूड तथा जंक फूड हरु मा ओमेगा-६ प्रशस्त मात्रा मा पाईन्छ साथै बजार मा पाईने सबै रिफाईण्ड तेल मा पनि ओमेगा-६ फ्याटी एसिड धेरै मात्रा मा हुन्छ। हालै भएको अनुसंधान ले हाम्रो भोजन मा ओमेगा-३ को मात्रा कम र ओमेगा-६ को मात्रा धेरै भएको कारण ले हामी लाई उच्च रक्तचाप, हृदयाघात, मधुमेह, मोटोपना, दम, वाथ, कैंसर आदी रोगहरु लागेको हो भन्ने पत्ता लागेको छ। ओमेगा-३ को कमी लाई आलस ३० देखी ६० ग्राम सम्म दैनिक खाएर सजिलै पुरा गर्न सकिन्छ। यही ओमेगा-३ ले नै आलस लाई सुपर स्टार फूड को दर्जा दिलाएको हो।

हृदय र परिवहन यन्त्र को लागि गुणकारी:- आलस ले हाम्रो रक्तचाप लाई सन्तुलित राख्दछ।आलस ले रगत मा राम्रो कोलेस्ट्रोल (HDI Cholestrol) को मात्रा लाई बढांउँछ र ट्राइग्लीसराइड्स तथा खराब कोलेस्ट्रोल ( LDI Colestrol ) को मात्रा लाई कम गराउँछ। आलस ले मुटु को धमनीहरु मा रगत लाई जम्न (clot) बाट जोगाउँछ र हृदयाघात वा स्ट्रोक जस्तो विमारी बाट बचाउँछ। नियमित आलस खानाले हृदय रोग बाट अकस्मात मृत्यु हुंदैन।
कैंसर विरोधी लिगनेन को प्राकृतिक स्रोत:- आलस मा अर्को महत्वपूर्ण पैष्टिक तत्व लिगनेन हो। आलस, लिगनेन को सबैभन्दा ठुलो स्रोत हो। आलस मा लिगनेन को मात्रा अन्य खाद्यान्न मा भन्दा सयौं गुणा धेरै हुन्छ। लिगनेन एण्टि-बैक्टिरियल, एण्टि-वायरल, एण्टि-फंगल र कैंसर विरोधी हुन्छ। साथै यसले रोग प्रतिरोधक क्षमता पनी बढांउछ । लिगनेन ले कोलेस्ट्रोल लाई घटाउंछ र ब्लड सुगर लाई नियन्त्रित राख्दछ। लिगनेन एक सुपर स्टार पोषक तत्व हो। महिलाहरु मा रजोनिवृत्ति पछी ईस्ट्रोजन श्राव को मात्रा कम हुनजान्छ र महिलाहरु मा धेरै समस्याहरु जस्तै- हट फ्लशेज, ओस्टियोपोरोसिस आदी देखा पर्दछ। लिगनेन ले यी सबै समस्या हरु मा फाईदा गर्दछ। लिगनेन ले मासिक धर्म सम्बन्धी अनियमितताहरु लाई ठिक गर्दछ। लिगनेन ले प्रोस्टेट, गर्भाशय, स्तन, आमाशय, छाला आदी को कैंसर बाट रक्षा गर्दछ। यदि आमा को स्तन बाट दूध आउँदैन भने आलस मा २४ घन्टा भित्र स्तन मा दूध आउँछ। यदि आमा ले गर्भावस्था मा आलस सेवन गरेमा बच्चा ले पर्याप्त मात्रामा ओमेगा-३ प्राप्त गर्दछ र बच्चा धेरै बुद्धिमान एवं स्वस्थ्य जन्मन्छ। अमेरिका मा भएको अनुसंधानबाट आलस मा २७ भन्दा बढी कैंसर विरोधी तत्वहरु पाईएको छ। एड्स रिसर्च असिसटेंस इंस्टिच्यूट ( ARAI ) ले सन् २००२ देखी एड्स को रोगीहरु मा लिगनेन को प्रभाव बारे अनुसंधान गरिरहेको छ र आश्चर्यजनक परिणाम प्राप्त भएको छ। भविष्यमा चांडै नै लिगनेन एड्स को सस्तो, सरल र प्रभावशाली उपचार साबित हुने छ।
पाचन तन्त्र र फाइबर:- आलस मा २७% घुलनशील ( म्यूसिलेज ) र अघुलनशील दुबै किसिम को फाइबर पाइन्छ। त्यसैले आलस ले कब्जियत, पाइल्स, फिस्टुला, डाइवर्टिकुलाइटिस, अल्सरेटिव कोलाइटिस र आई.बी.एस. का विमारीहरु लाई धेरै फाईदा गर्दछ। आलस ले कब्जियत मा तुरुन्तै फाईदा गर्दछ। आलस खाँदा पानी धेरै पिउनु पर्दछ। कब्जियत मा इसबगोल-भूसी भन्दा आलस बढी फाइदा जनक छ। आलस ले पित्त थैली मा पत्थरी बन्न दिंदैन र यदी पत्थरी छ भने पनी स्यानो-स्यानो पत्थरीहरु गल्न थाल्दछ।
प्राकृतिक सौन्दर्य प्रसाधन:- आलस ले छाला को रोगहरु, जस्तै- एग्जीमा, डण्डीफोर, दाद, चिलाउने, केश सूखा वा पातलो हुनु, केश झर्नु आदी मा धेरै फाइदा गर्दछ। ओमेगा-३ ले केश लाई स्वस्थ्य, चम्किलो र बलियो बनाउँछ। आलस ले छाला लाई आकर्षक, नरम र गोरो बनाउँछ। आलस खाने र यसको तेल मालिश गर्नाले छालाको दाग, चाउरीपना हराउँछ र छाला नरम एवं चम्किलो हुन्छ। आलस ले आयु बढाउँछ र तपाई लाई युवा बनाई राख्दछ।
रोग प्रतिरोधक क्षमता:- आलस ले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ। वाथ, मोच, गाउट आदी मा अत्यन्त लाभकारी छ। ओमेगा-३ ले लिवर, किड्नी, एडरिनल, थाइराईड आदी ग्रन्थीहरु लाई ठिक संग काम गर्न सहयोग गर्दछ। आलस ले ल्युपस नेफ्राइटिस र दममा फाईदा गर्दछ।
मस्तिष्क र स्नायु तन्त्र को लागी अमृत भोजन:- आलस ले हाम्रो मन लाई शान्त राख्दछ, यसको सेवन ले चित्त प्रसन्न रहन्छ, राम्रो-राम्रो विचारहरु आउँछ, मानसिक तनाव ठिक हुन्छ, स्मरण शक्ती बढ्छ, बुद्धीको बिकाश हुन्छ तथा क्रोध आउँदैन। आलस को सेवन ले मन र शरिर मा नयाँ शक्ती र उर्जा प्रबाह हुन्छ। आलस ले एल्जीमर्स,मल्टीपल-स्कीरोसिस, डिप्रेशन , माइग्रेन, सीजोफ्रेनिया एवं पार्किनसन्स बिमारी मा धेरै फाईदा गर्दछ। गर्भावस्था मा बच्चा को आँखा र मस्तिष्क को पूर्ण विकास को लागी ओमेगा-३ अत्यन्त आवश्यक हुन्छ। ओमेगा-३ ले आँखाको दृष्टि शक्ती बढाउँछ, रंग ज्यादा स्पष्ट र उज्यालो देखिन थाल्दछ। आलस ले प्रोस्टेट-ग्रन्थि, नपुंसकता, शीध्रपतन आदी को उपचार मा महत्वपूर्ण भुमिका खेल्छ।
मधुमेह र मोटोपना मा आलस को प्रभाव:- आलस ले ब्लड सुगर लाई नियन्त्रित राख्दछ र मधुमेह ले शरिरमा गर्ने दुष्प्रभाव लाई कम गर्दछ। चिकित्सक ले मधुमेह को रोगी लाई गुलियो कम र फाइबर धेरै खान सल्लाह दिन्छ। आलस एवं गहुँको मिश्रित आँटा मा ५०% कार्बोहाइड्रेड, १६% प्रोटिन र २०% फाइबर हुन्छ। अर्थात, यसको ग्लायसीमिक इण्डेक्स गहुँ को आँटा भन्दा धेरै कम हुन्छ। मधुमेह को रोगी को लागी यो मिश्रित आँटा भन्दा राम्रो भोजन अरु के हुन सक्छ ? मोटोपना को रोगी लाई पनी यसले फाईदा गर्दछ। आलस मा फाइबर को मात्रा धेरै हुन्छ। त्यस कारण आलस को सेबन ले लामो समय सम्म भोक लाग्दैन। यसले बी.एम.आर. लाई बढाउँछ । शरिर को बोसो घटाउँछ र हामी धेरै उर्जा ( क्यालोरी ) खर्च गर्दछौं।
शरिरीक सुगठन मा आलस को प्रयोग:- आलस बडी बिल्डर्स को लागी आवश्यक एवं सम्पूर्ण आहार हो। आलस मा २०% एमिनो एसिड युक्त राम्रो प्रोटिन हुन्छ। प्रोटिन ले नै मांसपेशिहरु लाई बढाउँछ। आलस ले धेरै शक्ती दिन्छ। कसरत पछि मांसपेशि को थकावट लाई क्षणभर मा नै ठिक गरिदिन्छ। बडी बिल्डिंग पत्रिका मसल मिडिया २००० मा प्रकाशित लेख बेस्ट आँफ द बेस्ट मा आलस लाई शरिर को लागी सुपर फुड भनिएको छ। आलस ले हाम्रो शरिर लाई धेरै शक्ती दिएर नयाँ उर्जा को प्रवाह गर्दछ र स्टामिना बढाउँछ।
हामी ले प्रत्येक दिन ३० देखी ६० ग्राम आलस खानु पर्दछ। यसको धुलो बनाएर आँटा मा मिसाएर रोटी बनाएर, तरकारी मा हालेर, अचार बनाएर वा दाल मा हालेर पनी खान सक्छौं। भिजाएर अंकुर आएको आलस खानु अझ राम्रो हुन्छ। आलस को नियमित सेवन ले ब्यक्ती को जिवन मा चमत्कारी कायाकल्प हुन्छ। यो बच्चा देखी बृद्ध सम्म को लागी उपयोगी छ।
                                                                                                                डाँ. ओ. पी. वर्मा
                                                                                                      7-बी-43, महावीर नगर-3, कोटा
                                                                                                          मोबाईल- +91-9460816360

   # आलस को सेवनले के कस्तो फाइदा पाउन सकिन्छ? जान्नको लागी यहाँ क्लिक गर्नु होस।
   # आलस को बारेमा बिस्तृत जानकारी लिन यहाँ क्लिक गर्नु होस।
                                 
                                                              http://myhealthschool.blogspot.com

No comments:

मैं गेहूं हूँ

लेखक डॉ. ओ.पी.वर्मा    मैं किसी पहचान का नहीं हूं मोहताज  मेरा नाम गेहूँ है, मैं भोजन का हूँ सरताज  अडानी, अंबानी को रखता हूँ मुट्ठी में  टा...